तस्बिरमा तमु ल्होसार

दिपेश श्रेष्ठ १५ पुष २०८० १३:५३ | Sunday, December 31, 2023
तस्बिरमा तमु ल्होसार

काठमाडौँ- गुरुङ समुदायको नया वर्ष अर्थात् तमु ल्होसारको अवसरमा आयोजित सांस्कृतिक झाँकी सहितको र्‍याली।

बसन्तपुरबाट सुरु भएको र्‍याली न्युरोड गेट, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै टुँडिखेल पुगेर सकिएको थियो। तमु समुदायले यसपटक ‘हि-ल्हो’ अर्थात् बिरालो वर्गको बिदाइ गर्दै गिद्ध अर्थात् मि-ल्होको स्वागत गर्दै ल्होसार मनाउँदैछन्।

विभिन्न १२ वटा चराचुरुंगी र जनावरको प्रतिक स्वरूप रहने तमु वर्षमा यो वर्ष गिद्ध (मि-ल्हो) वर्ग रहनेछ।

अन्य वर्षहरु झैँ यो वर्ष पनि गिद्ध (मि-ल्हो) वर्षमा सबैको शुभ होस् भनी तमु परम्परा अनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रहदशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानी संगै नया वर्षको स्वागत गरी ल्होसार मनाउने गरिन्छ।

प्रकाशित: १५ पुष २०८० १३:५३ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast