तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

हिमाल प्रेस १४ पुष २०८० १८:४२ | Saturday, December 30, 2023
तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

तनहुँ- बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ।

बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए।

उनले भने,‘उहाँ चढेको गाडीमा उहाँको सामान थियो, सामान काठमाडौँ पुगेको छ। उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ। खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छौँ।’ रासस

प्रकाशित: १४ पुष २०८० १८:४२ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast