ठगी अभियोगमा वडा सदस्यसहित ४ जना जेल चलान

हिमाल प्रेस ६ पुष २०८० १६:५२ | Friday, December 22, 2023
ठगी अभियोगमा वडा सदस्यसहित ४ जना जेल चलान

पोखरा- ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी अभियोगमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

पहारी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जनप्रतिनिधि निर्वाचित भएका थिए। यसैगरी अन्यमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल छन्।

फेवाताल किनार लेकसाइड फुटट्रेलमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भनी उनीहरूविरुद्ध १५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए।

प्रहरीले उनीहरूलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टन) सम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो। प्रतिव्यक्ति साढे १३ उठाएर फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको अनुसन्धानमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए।

प्रकाशित: ६ पुष २०८० १६:५२ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast