जसपाको धनकुटा जिल्ला समिति पुनर्गठन

हिमाल प्रेस ८ पुष २०८० ८:१४ | Sunday, December 24, 2023
जसपाको धनकुटा जिल्ला समिति पुनर्गठन

धनकुटा- जनता समाजवादी पार्टी (जसपा) नेपालको धनकुटा जिल्ला समिति पुनर्गठन भएको छ।

शनिबार धनकुटा बजारमा आयोजित भेलाले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो।

समितिको उपाध्यक्षमा सरोज आठपहरिया, दिवा चेम्जोङ, सचिव डम्बर कटवाल, उपसचिव नारायण जुन राई, कमल भण्डारी र कोषाध्यक्ष नाचुराम राई चयन भएका छन्।

पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश समितिका सह इन्चार्ज आरसी तुम्बालगायत उपस्थित रहेका थिए।

प्रकाशित: ८ पुष २०८० ८:१४ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast