जसपाको केन्द्रीय कार्यकारिणी बैठक सोमबार बस्ने

हिमाल प्रेस २४ मंसिर २०८० १७:०० | Sunday, December 10, 2023
जसपाको केन्द्रीय कार्यकारिणी बैठक सोमबार बस्ने उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार बस्दैछ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बैठक बोलाइएको हो।

आगामी माघमा हुन लागेको राष्ट्रियसभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा बैठकमा गरिने छ।

विशेषगरी राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्तालगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

प्रकाशित: २४ मंसिर २०८० १७:०० | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast