जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

हिमाल प्रेस १३ पुष २०८० १८:५६ | Friday, December 29, 2023
जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेको छ। आज शुक्रबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ गतेलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरिदिएको हो।

२०७९ माघ २९ गते तत्कालीन मन्त्रिपरिषद् बैठकले फागुन १ गतेलाई जनयुद्ध दिवस मान्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्ता  निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरण, गंगामाया अधिकारी, रिता कार्की, कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

‘संविधानको भावनाविपरीत निर्णय गर्ने अधिकार मन्त्रिपरिषदलाई नदिएको स्पष्ट पार्दै सर्वोच्चले भनेको छ, ‘जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक विदा दिने नेपाल सरकारको ०७९ माघ २९ को निर्णय र यस वर्षमा समेत फागुन १ गते सोही विदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति ०७९ चैत २ मा प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरुसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ।’

प्रकाशित: १३ पुष २०८० १८:५६ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast