जनकपुरधाममा आज रामसीताको विवाह

हिमाल प्रेस १ पुष २०८० ७:२४ | Sunday, December 17, 2023
जनकपुरधाममा आज रामसीताको विवाह

जनकपुरधाम- जनकपुरधाममा आज रामसीता विवाहपञ्चमी महोत्सव मनाइँदै छ।

मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान् राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा रामसीता विवाहपञ्चमी मनाउने गरिन्छ।

मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं दिन हो। यस दिनलाई विवाहपञ्चमीकाे मुख्य दिनको रूपमा लिइन्छ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ।

प्रकाशित: १ पुष २०८० ७:२४ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast