चिहानबाट १७ वर्षीया किशोरीको शव निकालेर अपराधी पत्ता लगाउने इन्सपेक्टरलाई सर्लाहीमा सम्मान

हिमाल प्रेस १० पुष २०८० १६:०२ | Tuesday, December 26, 2023
चिहानबाट १७ वर्षीया किशोरीको शव निकालेर अपराधी पत्ता लगाउने इन्सपेक्टरलाई सर्लाहीमा सम्मान

काठमाडौँ- सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर अनिलराज गिरि जिल्लाकै उत्कृष्ट प्रहरी बनेका छन्। हरिवनकै एक अपराधको अनुसन्धानमा उनी नेतृत्वको टिमले पाएको सफलताको आधारमा उनी मंसिर महिनाको (पुलिस अफ दि मन्थ) बनेका हुन्।

जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजिक कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले इन्सपेक्टर गिरिलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेका छन्। हरिवन नगरपालिका- ११ बालगंगाकी १७ वर्षीया तबसुन खातुनको शंकास्पद मृत्युमा गिरिले सफल अनुसन्धान गरेर अभियुक्तलाई कानुनको कठघरामा ल्याएका थिए। उक्त अपराधको सफल अनुसन्धान गरेको कारण उनलाई पुरस्कृत गरिएको एसपी धितालले जानकारी दिए।

बालगंगा निवासी शेष ईर्सादकी छोरी १७ वर्षीया खातुनको केही समयअघि हत्यापछि गुपचुप रुपमा परिवारका सदस्यले शव घर नजिकैको चिहानमा लगेर गाडेका थिए। प्रहरी अनुसन्धानको क्रममा खातुनको हत्यामा उनकी आमा सकिना खातुन र शेष चाँद भनिने शेख मिर हमजाको संलग्नता खुलेको छ। उनीहरू दुवै यतिबेला पुर्पक्षको लागि कारागारमा छन्।

प्रकाशित: १० पुष २०८० १६:०२ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast