काठमाडौँ- चिकित्सकको ६८ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवदेन खुला गरिएको छ।
नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिनेछ।
माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ।
परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

प्रकाशित: २ पुष २०८० ७:१५ | Monday, December 18, 2023
प्रतिक्रिया



