चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य नपार्न महानगरको अनुरोध

हिमाल प्रेस ६ पुष २०८० ११:५६ | Friday, December 22, 2023
चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य नपार्न महानगरको अनुरोध

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरअन्तर्गतका सामुदायिक विद्यालयलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालयभन्दा फरक पाेसाक किन्न बाध्य नपार्न अनुरोध गरेको छ।

विद्यालयले विद्यार्थीलाई नियमित विद्यालयभन्दा फरक पाेसाक किन्न बाध्य पारेकाे गुसानाे आएपछि  महानगरको शिक्षा विभागले विद्यालयलाई आज परिपत्र गर्दै फरक पाेसाक किन्न बाध्य नपार्न अनुरोध गरेको हो।

शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिएको जानकारी दिए।

परिपत्रमा भनिएको छ,‘काठमाडौँ महानगरपालिकाभित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ। कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।’

प्रकाशित: ६ पुष २०८० ११:५६ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast