चलचित्र ‘राजमहल’को घोषणा

हिमाल प्रेस ५ पुष २०८० २०:१२ | Thursday, December 21, 2023
चलचित्र ‘राजमहल’को घोषणा

काठमाडौँ- नेपाली चलचित्र ‘राजमहल’ बन्ने भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। चलचित्रमा दरबारको कथा समेटिएको निर्माण टिमले जनाएको छ।

सुरूवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिए पनि औपचारिक रूपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ। सबिनकुमार तोलांगीको डेब्यस् निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहनेछिन्।
आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाएको छैन।

चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दैछन्। मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै चलचित्रबाट चलचित्रमा डेब्यू गर्दैछन्।

करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्डसम्म पुगेर केही दृश्य खिछिनेछ। बाँकी ७० प्रतिशत छायांकन नेपालमा हुने निर्माण टिमले जनाएको छ।

प्रकाशित: ५ पुष २०८० २०:१२ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast