ग्लोबल आइएमई बैंकको क्यूआर भुक्तानीमा १७ प्रतिशत छुट

हिमाल प्रेस १३ पुष २०८० १८:०५ | Friday, December 29, 2023
ग्लोबल आइएमई बैंकको क्यूआर भुक्तानीमा १७ प्रतिशत छुट

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा छुटको योजना ल्याएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।

पुस १६ गतेदेखि सुरू हुने यो छुट योजना माघ १७ गतेसम्म लागू हुनेछ। बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने छ।

यसका साथै नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरि पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्मको छुट पाउनेछन्।
क्यासब्याक योजना चाहिँ पुस १७ गते देखि २३ गतेसम्म लागू हुनेछ।

प्रकाशित: १३ पुष २०८० १८:०५ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast