गृहजिल्ला गाेरखामा वैकल्पिक राजनीतिको बहस चलाउँदै बाबुराम

हिमाल प्रेस २६ मंसिर २०८० ९:३५ | Tuesday, December 12, 2023
गृहजिल्ला गाेरखामा वैकल्पिक राजनीतिको बहस चलाउँदै बाबुराम गोरखामा नेपाल समाजवादी पार्टीका नेताकार्यकर्तासँग डा.बाबुराम भट्टराई, फणीन्द्र देवकोटालगायत। तस्बिर भट्टराईको फेसबुकबाट

काठमाडौँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा वैकल्पिक राजनीतिको बहस चलाएका छन्।

शनिबार पोखरा हुँदै गोरखा पुगेका भट्टराईले नेसपाका नेताकार्यकर्ता तथा स्थानीयवासीसँग वैकल्पिक राजनीतिको बहस चलाएका हुन्।

उनले विगतका कमीकमजोरीहरूबाट पाठ सिकेर नेसपालाई देश र जिल्लाको सशक्त वैकल्पिक समाजवादी पार्टीको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

बाबुरामले कार्यशैली, सोच, संस्कार, परिपाटीमासमेत नयाँ भएकाे वैकल्पिक शक्ति देशमा आवश्यक रहेको बताउँदै आएका छन्।

उनले विगत ८ वर्षदेखि ‘पाँच स’ सिद्धान्तको पनि वकालत गर्दै आएका छन्।

समतामूलक समृद्धि, समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समुन्नत समाजवाद, स्वाधिनता र सार्वभौमसत्ता यी ‘पाँच स’ को कार्यान्वयनले नै मुलुकको विकास हुने उनको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०८० ९:३५ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast