गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट

हिमाल प्रेस १२ पुष २०८० १५:०७ | Thursday, December 28, 2023
गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको छ। अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले आज बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

कानुनव्यवसायीहरूले मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको शुक्रबारलाई तोकिएको छ। रिटमा गभर्नर बन्नका लागि अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ।

रिटमा अधिकारी उक्त पदका लागि योग्य नरहेको भन्दै नियुक्ति बदरको मागसमेत गरिएको छ। अधिकारी २०७६ चैत २४ मा सरकारले गभर्नर पदमा नियुक्त गरेको थियो। गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ।

गभर्नर अधिकारीको शैक्षिक योग्यताको विषयमा यसअघि रिट परेको थियो। तर उक्त रिट सर्वोच्चले खारेज गरिदिएको थियो।

प्रकाशित: १२ पुष २०८० १५:०७ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast