खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने धनबहादुर पक्राउ

हिमाल प्रेस १५ पुष २०८० १८:०५ | Sunday, December 31, 2023
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने धनबहादुर पक्राउ

झापा- श्रीमती हत्या अभियोगमा इलाम माङसेबुङ गाउँपालिका-४ का का धनबहादुर विश्वकर्मा पक्राउ परेका छन्। श्रीमती इन्द्रकुमारीको हत्या अभियोगमा धनबहादुरलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो।

घरायसी विवादकै क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा इन्द्रकुमारीको घटनास्थलमै मृत्यु भएको थियो। हत्या भएको खबर गरेसँगै इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीको टोलीले धनबहादुरलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ पुष २०८० १८:०५ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast