काठमाडौँ– खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका लागि अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ।
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त यस पाठ्यक्रममा, फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरूले पढ्न सक्नेछन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’ विषय अध्ययनरत विद्यार्थीहरूले यस विषयलाई अन्तिम सेमेस्टरमा छनोट गर्न सक्नेछन्।
शिक्षा प्रणालीलाई अझै उत्कृष्ट बनाउन र व्यवहारिक शिक्षालाई अगाडि बढाउन खल्तीले अप्लाइड फिनटेक इन्जिनियरिङ पाठ्यक्रम उपलब्ध गराएको हो।
प्रकाशित: १० पुष २०८० १२:२४ | Tuesday, December 26, 2023
प्रतिक्रिया



