क्रेस्ट माइक्रो लाइफद्वारा सीएमएल लघु सावधिक जीवन बिमा योजना सार्वजनिक

हिमाल प्रेस ६ पुष २०८० १२:२२ | Friday, December 22, 2023
क्रेस्ट माइक्रो लाइफद्वारा सीएमएल लघु सावधिक जीवन बिमा योजना सार्वजनिक

काठमाडौँ– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सीएमएल लघु सावधिक जीवन बिमा (रेगुलर र सिंगल) योजना ल्याएको छ। बिमितको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै नयाँ सावधिक बिमा योजना ल्याएको कम्पनीले उल्लेख गरेको छ।

यो योजनाले न्यून बिमा शुल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ। यो योजनाअन्तर्गत जोखिम वहनको अतिरिक्त बिमितलाई बिमालेख अवधिभर बचत गर्न प्रोत्साहनसमेत गर्दछ। यसको प्रमुख विशेषता रेगुलर बिमाशुल्क भुक्तानी गर्ने बिमालेखमा ४५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार र सिंगल बिमाशुल्क भुक्तानी गर्ने बिमालेखमा ५० प्रतिवर्ष प्रतिहजार ग्यारेन्टी रिर्टन हो।

कम्पनीका अनुसार यो बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका ग्राहकले खरिद गर्न सक्नेछन्। कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बिमालेखमा न्यूनतम बिमांक रकम १० हजार रहेको छ। बिमितले आफ्नो सुविधाअनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा बिमाशुल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन्। कम्पनीका अनुसार बिमा अवधि पूरा नहुँदै वा ७० वर्ष नपुग्दै बिमितको निधन भएमा बिमांक रकम तथा ग्यारेन्टी गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन्।

प्रकाशित: ६ पुष २०८० १२:२२ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast