कोशी प्रदेशमा पहिचानवादीले उठाएका माग छलफलमार्फत टुंग्याउनुपर्छ : कोइराला

हिमाल प्रेस २९ मंसिर २०८० ६:४३ | Friday, December 15, 2023
कोशी प्रदेशमा पहिचानवादीले उठाएका माग छलफलमार्फत टुंग्याउनुपर्छ : कोइराला

मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद डा.शेखर कोइरालाले पहिचानवादीले उठाएको कोशी प्रदेश पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले छलफलबाटै समस्याको समाधान हुने बताएका हुन्।

‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने कोइरालाको भनाइ छ।

उनले ढुंगामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गरे।

प्रकाशित: २९ मंसिर २०८० ६:४३ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast