कोशी प्रदेशका मुख्यमन्त्रीले भने : ढुंगा हान्दैमा पहिचानवादी भइँदैन

हिमाल प्रेस २७ मंसिर २०८० ६:०७ | Wednesday, December 13, 2023
कोशी प्रदेशका मुख्यमन्त्रीले भने : ढुंगा हान्दैमा पहिचानवादी भइँदैन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की। फाइल तस्बिर।

झापा- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुंगा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढंगले राख्न सुझाव दिएका छन्।

दमक नगरपालिकाले मंगलबार आयोजना गरेको लागूऔषध नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा गर्ने भ्रम त्याग्नुपर्ने बताए।

पहिचानवादीको नाममा हुँदै आएका गतिविधि सरकारले गम्भीर रूपमा लिँदै आएको बताउँदै उनले पहिचानका नाममा हिंसा, अस्थिरता निम्त्याउने कार्य भएर त्यस्ता कार्य कानुनअनुसार नियन्त्रण गर्न सरकार बाध्य हुने बताए।

पहिचानवादीले व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठीक नभएको उनको भनाइ थियो। उनले किरात सभ्यता र संस्कृति देशकै साझा गहना मात्र नभएर सम्पत्ति भएकाले यस्ता सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए।

प्रकाशित: २७ मंसिर २०८० ६:०७ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast