कोरियन भाषाको परीक्षा फाराम भर्नेको संख्या हालसम्मकै बढी

हिमाल प्रेस ७ पुष २०८० ९:१० | Saturday, December 23, 2023
कोरियन भाषाको परीक्षा फाराम भर्नेको संख्या हालसम्मकै बढी

काठमाडौँ- कोरियन भाषा परीक्षा (एपीएस) मा उत्पादनमूलक क्षेत्रमा १ लाख ४३ हजार ८१२ जनाले आवदेन दिएका छन्।

इपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार २ गतेदेखि ६ गतेसम्म खुलेको भाषा परीक्षामा करिब ४४ हजार आवेदनकर्ताको आवेदन स्वीकृत भएको बताए।

शाखाले पुस २ गते आवेदन खुला गरेको थियो। आवेदन खुला गरेको दिनदेखि नै ठूलो संख्यामा आवेदन परेकाले यो वर्ष हालसम्मकै बढी आवेदन परेको शाखाले जनाएको छ।

शाखाले गत मंसिर १९ गते प्रकाशित २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको लागि आवेदन माग गरेको थियो। कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजारको हाराहारीमा नेपाली लैजाने भनी सूचनामा उल्लेख गरेको थियो।

त्यस्तै, सीप बिल्डिङमा अनुतीर्ण परीक्षार्थीका लागि पनि आवेदन दिनका लागि छुट्टै व्यवस्था गर्ने तयारी गरेको छ । त्यसमा अझै करिब ३० हजारले आवेदन दिन सक्नेछन्। उक्त आवेदन परे उत्पादनमूलक क्षेत्रमा १ लाख ७५ हजारको आवेदन पर्न सक्ने अनुमान गरिएको छ।

उच्च अदालत पाटनले सीप बिल्डिङमा अनुतीर्णहरुलाई उत्पादन क्षेत्रको आवेदनमा समावेश गराउन आदेश दिएको थियो । उक्त आदेश आएपनि निर्णय भने भइ नसकेको उनले बताए।

प्रकाशित: ७ पुष २०८० ९:१० | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast