कैलालीकाे सीमानाका प्रविधिमैत्री

हिमाल प्रेस २७ मंसिर २०८० १५:५३ | Wednesday, December 13, 2023
कैलालीकाे सीमानाका प्रविधिमैत्री

धनगढी– सुदूरपश्चिम प्रदेशस्थित सीमानाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ। बढी आवतजावत हुने नाकाहरुमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो।

सोही क्रममा बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डीआईजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ। कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १/१ थान सामग्रीहरु हस्तान्तरण गरिएको हो।

सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखीकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ।

मन्त्री भट्टले सीमा सुरक्षा चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोतसाधन व्यवस्थापन गर्नुपर्ने बताए। सोही क्रममा मन्त्रीसहितको टोलीले त्रिनगरको सीमा नाकामा रहेकाे नागरिक सहायता कक्ष अनुगमन गरेकाे छ।

प्रकाशित: २७ मंसिर २०८० १५:५३ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast