केबीएल सेक्युरिटिज लिमिटेडको धितोपत्र कारोबार सुरू

हिमाल प्रेस २६ मंसिर २०८० १४:५७ | Tuesday, December 12, 2023
केबीएल सेक्युरिटिज लिमिटेडको धितोपत्र कारोबार सुरू

काठमाडौँ– केबीएल सेक्युरिटिज लिमिटेडले सेयर कारोबार सुरूवात गरेको छ। सोमबारदेखि सेयर ब्रोकर नं ९४ सहित कारोबार सुरू गरेको हो।

कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले कम्पनीको कारोबार उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा केबीएल सेक्युरिटिज लिमिटेड तथा कुमारी बैंक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताको उपस्थिति थियो।

कारोबार सुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज प्रतिवद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरे।

केबीएल सेक्युरिटिज लिमिटेड कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल कम्पनी हो।

प्रकाशित: २६ मंसिर २०८० १४:५७ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast