केन्द्रलाई आयोगको सुझाव : स्थायी शिक्षक पद रिक्त भए वैकल्पिकलाई नियुक्ति दिनू

हिमाल प्रेस ६ पुष २०८० ८:५७ | Friday, December 22, 2023
केन्द्रलाई आयोगको सुझाव : स्थायी शिक्षक पद रिक्त भए वैकल्पिकलाई नियुक्ति दिनू

काठमाडौँ- शिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने प्रावधान कार्यान्वयन गर्न सुझाव दिएको छ।

आयोगले गत मंगलबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई राय पत्र पठाउँदै वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सुझाव दिएको हो।

एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग मागेको रायमा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने सुझाव दिएको हो।

शिक्षक सेवा आयोगले केन्द्रलाई पठाएको राय पत्रमा भनिएको छ,‘शिक्षक सेवा नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा २०५७ (संशोधनसहि) को नियम २५ को उपनियम (३) अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने व्यहोरा निर्देशानुसार अनुरोध छ।’

यस्तो छ पत्र

प्रकाशित: ६ पुष २०८० ८:५७ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast