कुमारी बैंकलाई एक्सिलेन्स इन कन्जुमर कार्ड अवार्ड

हिमाल प्रेस ५ पुष २०८० १२:०० | Thursday, December 21, 2023
कुमारी बैंकलाई एक्सिलेन्स इन कन्जुमर कार्ड अवार्ड

काठमाडौँ– भिसा इन्टरनेसनलले लिडर्ससिप नेपाल २०२३ कार्यक्रममार्फत कुमारी बैंकलाई अवार्ड दिएको छ। कार्यक्रममा कुमारी बैंकले एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट अवार्ड प्राप्त गरेको हो। यो अवार्डले उत्साहित बनाएको बैंकले जनाएको छ।

आफ्नो स्थापनाकालदेखि बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको बैंकले आफ्नो सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएरअघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।

कुमारी बैंकका ३०९ शाखा, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ एकाई तथा ४९ विस्तारित काउन्टर छन्।

प्रकाशित: ५ पुष २०८० १२:०० | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast