कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई युवतीको मृत्यु

हिमाल प्रेस २४ मंसिर २०८० २०:१५ | Sunday, December 10, 2023
कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई युवतीको मृत्यु

पोखरा- पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा-२५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमी बस्ने २४ वर्षीया भावना बराल हुन्। दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ४ बजेर १५ मिनेटमा ठक्कर दिएको थियो।

घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। चिकित्सकले अनिशालाई ४ बजेर ३९ मिनेटमा मृत घोषणा गरेका हुन्। भावनालाई पोखराकै चरक मेमोरियल अस्पताल रेफर गरिएकोमा उनको साँझ ७ बजेर १५ मिनेटमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। कार चालक अर्घौ निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

प्रकाशित: २४ मंसिर २०८० २०:१५ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast