कांग्रेस सरकारमा हुँदा कुशासन बढ्नु दुखद् हो : गगन थापा

हिमाल प्रेस २४ मंसिर २०८० १६:२८ | Sunday, December 10, 2023
कांग्रेस सरकारमा हुँदा कुशासन बढ्नु दुखद् हो : गगन थापा गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताएका छन्। आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताए।

महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए। उनले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् भन्दै प्रश्न गरे।महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए।

प्रकाशित: २४ मंसिर २०८० १६:२८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast