कांग्रेस केन्द्रीय समिति बैठक जारी

हिमाल प्रेस १२ पुष २०८० १५:१७ | Thursday, December 28, 2023
कांग्रेस केन्द्रीय समिति बैठक जारी कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गरिरहेका छन्।

बैठकमा सरकारको एक वर्षको समीक्षासमेत हुने छ। आजको बैठकले सरकारमा सहभागी मन्त्रीको कार्यसम्पादनको पनि समीक्षा गर्नेछ।

त्यस्तै बैठकमा राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विषयदेखि समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ। आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ। प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुनेछ।

प्रकाशित: १२ पुष २०८० १५:१७ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast