कांग्रेससँग प्रचण्डलाई खुमलटार पठाउने हैसियत छ : महामन्त्री थापा

हिमाल प्रेस १४ पुष २०८० १६:५६ | Saturday, December 30, 2023
कांग्रेससँग प्रचण्डलाई खुमलटार पठाउने हैसियत छ : महामन्त्री थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राम्रो काम नगरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेससँग भएको बताएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.२ भक्तपुरको क्षेत्रीय सम्मेलनमा शनिबार बोल्दै महामन्त्री थापाले प्रचण्डलाई खुमलटारबाट बालुवाटार पुर्‍याउने कांग्रेसले बालुवाटारबाट खुमलटार पुर्‍याउने हैसियत पनि भएको बताएका हुन्।

‘प्रचण्डलाई प्रधानमन्त्री हामीले बनाएको हो। प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने बालुवाटारबाट  खुमलटार पठाउने हैसियत पनि कांग्रेसले राख्छ,’सम्मेलनमा महामन्त्री थापाले भने।

त्यसैगरी महामन्त्री थापाले कांग्रेसले सरकार चलाउने योग्यता राख्न नसकेको पनि बताए। उनले भने, ‘कांग्रेसले सरकार चलाउने योग्यता राख्न सकेको छैन। मान्नुपर्छ। २०४८ सालमा बहुमत पायौं। राम्रोसँग काम गरिरहेका थियौं। झगडा गर्‍यौं। ०५६ सालमा बहुमत पायौं फेरि झगडा गर्‍यौं। पार्टी नै फुटायौं। कसैले कसैलाई दोष दिएर भएन। अहिले हामीले जिम्मा पाएका छौं। कसैलाई दोष दिएर हुन्न। ३३२ वटा पालिकाको प्रमुख, २६६८ वडाध्यक्ष कांग्रेसको छ। संसदको ठूलो पार्टी कांग्रेस छ। चारवटा प्रदेशको  मुख्यमन्त्री कांग्रेसको छ। दोष कसलाई दिने?’

प्रकाशित: १४ पुष २०८० १६:५६ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast