कांग्रेस केन्द्रीय कार्यालय
काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले मंसिर २९ गते दिउँसो १२:४५ बजे बस्ने गरी बैठक बोलाएका हुन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।
बैठकका निम्ति तीन एजेन्डा तय गरिएको छ। पौडेलका अनुसार महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल गरिनेछ।

प्रकाशित: २५ मंसिर २०८० १५:१३
प्रतिक्रिया



