कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस २५ मंसिर २०८० १५:१३ | Monday, December 11, 2023
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले मंसिर २९ गते दिउँसो १२:४५ बजे बस्ने गरी बैठक बोलाएका हुन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

बैठकका निम्ति तीन एजेन्डा तय गरिएको छ। पौडेलका अनुसार महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल गरिनेछ।

प्रकाशित: २५ मंसिर २०८० १५:१३ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast