कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २९ मंसिर २०८० १५:०६ | Friday, December 15, 2023
कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो। उक्त बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनलगातयतको विषयमा छलफल हुने बताइएको छ।

यसअघि शुक्रबार नै बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ। महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको कार्यसम्पादन समिति सदस्य विमलेन्द्र निधिको भनाइ छ।

यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। राष्ट्रियसभाको चुनाव र चिसोलाई कारण देखाएर महासमिति बैठक सार्ने निर्णय भएको हो। माघ ११ गते राष्ट्रियसभाको चुनाव हुँदैछ।

कार्यसम्पादन समितिको बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। महामन्त्री गगनकुमार थापासहित संस्थापन इतर समूहका नेताहरूले महासमिति बैठक सार्न नहुने भन्दै सभापतिलाई दबाब दिएका थिए।

प्रकाशित: २९ मंसिर २०८० १५:०६ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast