कसले जित्ला उपाधि?

हिमाल प्रेस १४ पुष २०८० ७:०९ | Saturday, December 30, 2023
कसले जित्ला उपाधि?

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा आज ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन्। साँझ ५ : ३० बजे काठमाडौंको दशरथ रंगशालामा ​दुई टोली उपाधिका लागि भिड्नेछन्।

साविक उपविजेता धनगढी एफसी दोस्रो हुँदै प्लेअफ पुगेको थियो। पहिलो सिजन पनि धनगढी लिग चरणमा दोस्रो भएको थियो।

ललितपुर भने चौथो भएर प्लेअफ पुगेको थियो। ललितपुर पहिलोपटक उपाधि नजिक पुगेको हो।

विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्ने छन्। अघिल्लो संस्करणको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गरेको थियो। यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताका सर्वोकृष्ट खेलाडी (गोल्डेन बल)ले २ लाख, सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ)ले समान १–१ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १४ पुष २०८० ७:०९ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast