करार सूचीका शिक्षकलाई सूचीकृत हुन काठमाडौँ महानगरको आह्वान

हिमाल प्रेस १२ पुष २०८० १०:०९ | Thursday, December 28, 2023
करार सूचीका शिक्षकलाई सूचीकृत हुन काठमाडौँ महानगरको आह्वान काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करार सूचीका शिक्षकलाई सूचीकृत हुन आह्वान गरेको छ। महानगरपालिकाअन्तर्गतका विद्यालयका कार्यरत स्थायी शिक्षकलाई स्रोत शिक्षकमा नियुक्ति गर्दा रिक्त भएको पदमा सट्टा शिक्षकका रूपमा नियुक्ति गर्न विद्यालयमा सिफारिस गर्ने प्रयोजनका लागि सूचीकृत हुन आह्वान गरेको हो।

सूचनामा शिक्षक सेवा आयोगबाट गत मंसिर १९ गते प्रकाशन गरेको बागमती प्रदेशको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रमको सूचीमा रहेका इच्छुक उम्मेदवारलाई पुस २५ गतेभित्र सूचीकृत गर्न आह्वान गरिएको छ। यसरी सूचीकृत हुन चाहनेले  काठमाडौँ महानगरपालिका, शिक्षा विभागमा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ।

सूचीकृत भएकामध्येबाट योग्यताक्रमका आधारमा स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८० ले तोकेबमोजिम सेवासुविधा प्राप्त गर्ने गरी २०८१ असार मसान्तसम्म सट्टा शिक्षकका रूपमा नियुक्ति गर्न महानगरले जारी गरेको सूचना उल्लेख गरेको छ। नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान, गणित विषयका ११ जना शिक्षकलाई सट्टामा नियुक्त गर्ने महानगरले जनाएको छ।

प्रकाशित: १२ पुष २०८० १०:०९ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast