कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने

हिमाल प्रेस २७ मंसिर २०८० ६:१६ | Wednesday, December 13, 2023
कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार रहेको बताएका छन्।

सिन्धुपाल्चोकको चौतारा–८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई मंगलबार सम्बोधन गर्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार रहेको बताएका हुन्।

उनले भने,‘कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ। आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ। त्यसको घोषणा चाँडै हुनेछ।’

प्रकाशित: २७ मंसिर २०८० ६:१६ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast