काठमाडौँ– एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिस प्रालिबीच सम्झौता भएको छ। यससँगै बैंकका सम्पूर्ण ग्राहकले अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म आकर्षक छुट पाउने छन्।
उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारीहरूले अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोसियुडर, माइनर इन्भेस्टिगेसनमा १० प्रतिशतसम्म विशेष छुटको लाभ लिन सक्नेछन्।
साथै पहिलो पटक रजिष्ट्रेसन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फ्लोअपसमेत निःशुल्क हुनेछ।
प्रकाशित: १२ पुष २०८० १४:२४ | Thursday, December 28, 2023
प्रतिक्रिया



