एनआरएनए कतारको महाधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल घिमिरे

हिमाल प्रेस २ पुष २०८० १५:४८ | Monday, December 18, 2023
एनआरएनए कतारको महाधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल घिमिरे

काठमाडौँ- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको १०औँ अधिवेशन सम्पन्न भएको छ। र्‍याडिसन ब्लु होटलमा सम्पन्न महाधिवेशनले सुनिल घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ।

एनआरएनए एनसीसी कतारको महाधिवेशन नेपाली राजदूतावास कतारका कूटनीतिक नियोगका उपप्रमुख कृष्णकुमार सुवेदीको प्रमुख आतिथ्यता र गैरआवासीय नेपाली संघका उपाध्यक्षद्वय उमेश पुडासैनी, थर्कबहादुर सेन र सल्लाहकार धरम केसीलगायतको उपस्थिति थियो।

निवर्तमान अध्यक्ष भट्टलाई सम्मान गरिँदै।

विभिन्न कठिनाइका बाबजुद पनि निवर्तमान अध्यक्ष सुरेश भट्टको नेतृत्वले सफलापूर्वक महाधिवेशन सम्पन्न गरेको छ। साथै नव निर्वाचित अध्यक्ष सुनिल घिमिरे र कार्यसमितिलाई गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारले सफलताको शुभकामनासहित बधाई दिएको छ।

यसै क्रममा महाधिवेशन र निवर्तमान अध्यक्ष सुरेश भट्टको तर्फबाट यस क्रममा साथ सहयोग र हौसला प्रदान गर्ने सबै, एनआरएनए आइसीसी नेतृत्व, संघका निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेप्रति आभार प्रकट गरेको छ। साथै नयाँ निर्वाचित नेतृत्वको सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेको छ।

यस्तो छ निर्विरोध निर्वाचित समिति

एनआरएनए आइसीसी सदस्य सुरेश भट्ट आश्रिन (निवर्तमान अध्यक्ष एनआरएनए एनसीसी कतार)
१. अध्यक्ष सुनिल कुमार घिमिरे
२. वरिष्ठ उपाध्यक्ष कल्याण थापा
३. वरिष्ठ उपाध्यक्ष मन्जु खनाल
४. उपाध्यक्ष सोमनाथ कडेल उपाध्यक्ष सूर्यनारायण सापकोटा
६. महासचिव ध्रुवराज अधिकारी
७. सचिव पुष्प कोइराला
८. सचिव अरबिन्द चौधरी
९. सचिव अंकित श्रेष्ठ
१०. कोषाध्यक्ष अजय श्रेष्ठ (कान्छा)
११. सह कोषाध्यक्ष जागिर आलम
१२. युवा संयोजक प्रेम नेपाल (म्याक्स)
१३. सदस्य रिता पोखरेल
१४. सदस्य सुस्मिता कोइराला
१५. सदस्य जयशंकर शाह
१६. सदस्य याम न्यौपाने

पदाधिकारीसहितको पूर्णकार्यसमिति २५ सदस्य हुने गरी भए पनि बाँकी रहेका रिक्त पदमा निर्वाचित कार्यसमितिको बैठकले मनोनीत गर्ने गरी निर्वाचन समितिले अधिकार प्रत्यायोजन गरेको छ।

प्रकाशित: २ पुष २०८० १५:४८ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast