काठमाडौँ– भारतीय स्वास्थ्य संस्था इन्दिरा आईभीएफले नेपालमा शाखा विस्तार गरेको छ। इन्दिरा आईभीएफ प्रजनन्सम्बन्धी समस्याका लागि अत्याधुनिक समाधान प्रदान गर्ने संस्थाको रूपमा परिचित छ।
इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईले अब नेपाली दम्पती सन्तानविहीन हुनु नपर्ने दाबी गरेकी छन्। उनका अनुसार संस्थाले बाँझोपन र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ। उनले भनिन्, ‘दम्पतीको व्यापक हेरचाह, बाँझोपनसँग सम्बन्धित मनोवैज्ञानिक र भावनात्मक पीडा कम गर्न क्लिनिक प्रतिबद्ध हुनेछ।’

भारतमा १२० भन्दा धेरै केन्द्र सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले प्रत्येक वर्ष भारतमा ४० हजारभन्दा बढी आईभीएफ सेवा दिँदै आएको छ। प्रक्रियाहरू सञ्चालन गर्दछ।
प्रकाशित: १५ पुष २०८० १६:१४ | Sunday, December 31, 2023
प्रतिक्रिया





