आरोहण गुरुकुलमा ‘नासो’ [फोटो फिचर]

दिपेश श्रेष्ठ ४ पुष २०८० १५:२० | Wednesday, December 20, 2023
आरोहण गुरुकुलमा ‘नासो’ [फोटो फिचर]

काठमाडौँ- काठमाडौँको थापागाउँस्थित कुञ्ज नाटकघरमा रहेको आरोहण गुरुकुलमा नाटक ‘नासो’ मञ्चन भएको छ। नाटक साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित नासो कथाको नाट्य रुपान्तरण हो। कथाको नाट्य रुपान्तरण तथा नाटकको निर्देशन राम केएसीले गरेका छन्। नाटकको सह-निर्देशन किरण चापागाईँले गरेका छन्। मैनालीद्वारा १९८४ लिखित नासो कथाको नाट्य रुपान्तरणमा तत्कालीन परिवेशको एउटा परिवारमा बहुविवाहका कारण उत्पन्न भएको समस्यालाई समेटिएको छ।

कथाकार मैनालीले ९६ वर्ष अघिको नेपाली परिवेशलाई समेटेर नासो कथा लेखेका थिए। यो ९६ वर्षमा नेपाली समाजले विभिन्न आरोह अवरोह पार गरिसकेको छ। तर कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ। परिवार संवेदनशील विषय हो। बन्न जे-जति समय लाग्छ भत्कन क्षणभर पनि लाग्दैन भन्ने कथा यस नाटकमा देख्न सकिन्छ। नासो नाटकले घरायसी कलहले बालबालिकामा पार्ने असरलाई पनि प्रस्तुत गर्न खोजेको छ।

नाटकमा कलाकार नुबु शेर्पा (सुत्रधार), क्रिशा बरुवाल (सुभद्रा), सौगात कक्षपति (देविरमण), साइना स्याङतान (लक्ष्मी), युक्ति थापामगर (नौली), सुजल काफ्ले (छोरा) तथा सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा सजना माझी, सेजल काफ्लेले गाउँले पात्रको रुपमा अभिनय गरेका छन्।

‘शिक्षाको लागि रंगमञ्च’ अभियानअन्तर्गत सदभाव थिएटर नेपालले कोलम्बस इन्टरनेशनल स्कुलको सहकार्यमा मञ्चन भएको हो। नाटक पुस ७ गतेसम्म हरेक दिन बिहान ११ बजे र दिउँसो २ बजे मञ्चन हुनेछ।

 

प्रकाशित: ४ पुष २०८० १५:२० | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast