आज तमु ल्होसार, सार्वजनिक बिदा

हिमाल प्रेस १५ पुष २०८० ६:४५ | Sunday, December 31, 2023
आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडौँ- गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन्। ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित: १५ पुष २०८० ६:४५ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast