आइएमई पेलाई भिसा पार्टनरसिप अवार्ड

हिमाल प्रेस ४ पुष २०८० १७:३६ | Wednesday, December 20, 2023
आइएमई पेलाई भिसा पार्टनरसिप अवार्ड

काठमाडौँ– डिजिटल वालेट आइएमई पे भिसा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ। भिसा लिडरसिप कन्क्लेभ २०२३ मा भिसाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिसाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीको दाबी छ।

आइएमई पेले भिसासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेञ्चमार्क सेट गरेको छ। आगामी दिनमा पनि भिसासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवा लिएर आउने जानकारी आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए।

प्रकाशित: ४ पुष २०८० १७:३६ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast