अवसर नपाएकालाई राष्ट्रियसभामा लैजान कांग्रेसका १२ केन्द्रीय सदस्यको ध्यानाकर्षण

हिमाल प्रेस १५ पुष २०८० १०:५९ | Sunday, December 31, 2023
अवसर नपाएकालाई राष्ट्रियसभामा लैजान कांग्रेसका १२ केन्द्रीय सदस्यको ध्यानाकर्षण

काठमाडौँ- लामो समयदेखि पार्टी राजनीतिमा रहेर पनि अवसर नपाएकालाई राष्ट्रियसभामा लैजान नेपाली कांग्रेसका १२ नेताले ध्यानकर्षण गराएका छन्।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर २४ वर्षदेखि निरन्तर पार्टीमा रहेका तर संसदीय राजनीतिमा अवसर नपाएका विद्यार्थी नेतालाई अवसर दिन ध्यानकर्षण गराएका हुन्।

ध्यानाकर्षण गराउनेमा केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ्ग, किरणराज शर्मा पौडेल, उमेशजंग रायमाझी, जीतजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, गुरु वराल, नानु वास्तोला, दिनेश कोइराला, सीता उर्मिला थपलिया र लक्ष्मी खतिवडा रहेका छन्।

पूर्वविद्यार्थी नेता/नेत्रृ समेत रहेका उनीहरूले कांग्रेसका तर्फबाट संघीय, प्रदेश र स्थानीय तहका सरकारमा सम्मिलित नेता र पार्टीका तहगत समितिका नेताबीच समन्वय र सहकार्यको लागि तत्काल ठोस पहल चाल्न समेत अनुरोध गरेका छन्।
यस्तै, सरकारलाई प्रभावकारी ढंगले सन्चालन गरी सुशासन कायम गराउन अनुरोध गरेका छन्।

प्रकाशित: १५ पुष २०८० १०:५९ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast