अमेरिकामा १७औं नाफा साहित्य साँझ सम्पन्न

हिमाल प्रेस २४ मंसिर २०८० १४:२२ | Sunday, December 10, 2023
अमेरिकामा १७औं नाफा साहित्य साँझ सम्पन्न

नेपाली अमेरिकी मैत्री संघ(नाफा) को १७औं साहित्य साँझ कार्यक्रम सम्पन्न भएको छ। संगीतकार  न्ह्यू बज्राचार्यको प्रमुख आतिथ्यता र नाफाका अध्यक्ष आविष्कार भारतीको सभापतित्वमा सम्पन्न भएको हो।

यो संयुक्त राज्य अमेरिकाको विस्कनसिन राज्यस्थित म्याडिसनमा रहेका नेपालीहरुको संस्था हो।

कार्यक्रममा सम्पन्न कविता प्रतियोगितामा लेखनाथ काफ्ले प्रथम, पूर्ण श्रेष्ठ द्वितीय र कल्पना रिजालले तृतीय भए। २३ जना सहभागी मध्ये १३ जनाले प्रतियोगितामा भाग लिएका थिए।

प्रतियोगिताका लागि निर्णायकमा नेपालबाट कवि विप्लव प्रतीक, कवि रामगोपाल आशुतोष, कवियित्री प्रेमिला राई तथा अमेरिकाबाट साहित्यकार राजेन्द्रप्रसाद अर्याल, कवि डा. हेमन्त श्रेष्ठ र कवयित्री एवं गीतकार अर्चना धाख्वा निर्णायकको भूमिकामा थिए।

साहित्यकार एवं गीतकार दिनार श्रेष्ठ (रनादि) को राष्ट्रिय गीत ‘देशका लागि’ लोकार्पण पनि गरिएको थियो। कार्यक्रममा विजय मल्ल कविता प्रतियोगिता पुरस्कार र नाफा बाल साहित्य पुरस्कार पनि प्रदान गरिएको छ।

बिजय मल्ल कविता प्रतियोगिता पुरस्कार साहित्यकार स्व.विजय मल्लकी सुपुत्रीहरु बन्दना मल्ल, सिर्जना मल्ल र अर्चना मल्लहरुद्वारा प्रयोजन गरेका हुन्। भने समाजसेवी स्व.कृष्णदास मल्लकी सुपुत्री धन मल्ल र सुपुत्र नारायणदास मल्लले नाफा बाल साहित्य पुरस्कार प्रयोजन गरेका हुन्।

साथै कार्यक्रममा संगीतकार न्ह्यू बज्राचार्यले सांगीतिक प्रस्तुत दिनुका साथै २५ जना बालबालिकाले ‘तिहार’ बिषयमा सरस कविता वाचन गरे। कार्यक्रम मित्र पौडेल, अर्चना धाख्वा, वेलिस्मा श्रेष्ठ र अनित्या द्वाले सञ्चालन गरेका थिए।

प्रकाशित: २४ मंसिर २०८० १४:२२ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast