अब कांग्रेसका कार्यकर्ताले अरूको चुनाव चिह्नमा मतदान गर्नुपर्दैन : गगन थापा

हिमाल प्रेस १ पुष २०८० २१:३३ | Sunday, December 17, 2023
अब कांग्रेसका कार्यकर्ताले अरूको चुनाव चिह्नमा मतदान गर्नुपर्दैन : गगन थापा गगनकुमार थापा। फाइल तस्बिर

पर्वत- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताएका छन्। दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरेका हुन्।

नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आज (आइतबार) कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै संविधानबाट हटाउनुपर्ने बताए। उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए।  दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताए।

‘बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन,’ उनले भने।  थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको बताए। कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्ने गरी सरकारले काम गर्न नसकेको उनको भनाइ छ।

प्रकाशित: १ पुष २०८० २१:३३ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast