अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

हिमाल प्रेस २४ मंसिर २०८० १५:२५ | Sunday, December 10, 2023
अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

काठमाडौँ– जमशइद जाद्रनको शतकप्रेरित अफगानिस्तानले एसिसी यु-१९ एसिया कपमा नेपालसामू २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६१ रनको योगफल तयार पारेको थियो।

अगफगानिस्तानका लागि जाद्रनले १ सय ५३ बलमा आठ चौकाको मद्दतल सर्वाधिक १ सय ६ रनको योगदान गरे। उनी खुट्टामा समस्या देखिएपछि रिटायर्ड हर्ट भएका थिए। यसैगरी नुमान शाह आगाले ४१ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६०, रहिमउल्लाह जुर्मतीले ३५, वाफिउल्लाह तराखाली १५, खलिल अहमदले १३ र खालिद तानिवाल १० रन बनाए।

जाद्रनले पाँचौं विकेटका लागि आगासँग ९७ र चौथो विकेटका लागि जुर्मतीसँग ८१ रनको साझेदारी गरे। नेपालका लागि हेमन्त धामी, गुल्सन झा, सुवास भण्डारीले समान दुई तथा दीपेश कँडेल र आकाश चन्दले समान एक विकेट लिए।

नेपाल पहिलो जितको लक्ष्यमा छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो। यता अफगानिस्तान पनि पहिलो जित निकाल्न चाहन्छ। अफगानिस्तानले पहिलो खेलमा भारतसँग सात विकेटको पराजय ब्यहोरेको थियो।

प्रकाशित: २४ मंसिर २०८० १५:२५ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast