अदालतमा पेसीका लागि गोलाप्रथाका अन्त्य हुँदै, स्वचालित प्रणाली लागू हुने

हिमाल प्रेस ८ पुष २०८० ८:५४ | Sunday, December 24, 2023
अदालतमा पेसीका लागि गोलाप्रथाका अन्त्य हुँदै, स्वचालित प्रणाली लागू हुने

काठमाडौँ- देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो।

सर्वोच्च अदालतमा भने गत भदौ ११ गतेदेखि नै स्वचालित पेसी प्रणाली सुरु गरेको थियो। यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै उच्च अदालतहरूमा प्रणाली लागू गर्न लागिएको सर्वोच्च प्रशासनले जनाएको छ।

यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ । स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।

प्रकाशित: ८ पुष २०८० ८:५४ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast