बढ्यो चिनीको ‘कोटा’

हिमाल प्रेस २३ कार्तिक २०८० १३:२०
4
SHARES
बढ्यो चिनीको ‘कोटा’

काठमाडौँ- साल्टट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ। कर्पोरेसनले गत मंगलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो।

प्रतिबोरा चिनीको मात्रा ५० किलो हुन्छ। कर्पोरेसनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेसनबाट लगिसकेका छन्। उनले भने, ‘काठमाडौँ उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेसनबाट चिनी लिन सक्छन्।’

उनका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकिलो एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्रीकर्तालाई चिनी बिक्री गरेको हो।

कर्पोरेसनले चाडपर्व लक्षित सहुलियत दरको चिनी प्रतिकिलो ९७ रुपैयाँ‍मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ। सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेसनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो।

दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ। तर, सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन्।

सरकारले कर्पोरेसनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो। तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ।

कर्पोरेसनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताए।

प्रकाशित: २३ कार्तिक २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =