जाजरकोट- जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि यहाँ निरन्तर भूकम्प गइरहेको छ।
शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक ५३ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घरमा क्षति पुगेको छ।
जाजरकोटमा मात्रै भूकम्पबाट ३४ हजार ५ सय १ घरधुरीका एक लाख ७९ हजार ८ सय ९३ जना प्रभावित भएका छन्।
प्रकाशित: २३ कार्तिक २०८० ८:५१
प्रतिक्रिया