बंगलादेशमा डेंगीबाट १ हजार ४ सयको मृत्यु, तीन लाख संक्रमित

हिमाल प्रेस २२ कार्तिक २०८० २१:३६
6
SHARES
बंगलादेशमा डेंगीबाट १ हजार ४ सयको मृत्यु, तीन लाख संक्रमित सांकेतिक तस्बिर।

ढाका- यस वर्ष जनवरिदेखि नोभेम्बरको पहिलो सातासम्म लामखुट्टेको टोकाइबाट सर्ने डेंगी ज्वरोले बंगलादेशमा १ हजार ४ सयभन्दा धेरै मानिसको मृत्यु भएको छ। करिब तीन लाख संक्रमित भएका बंगलादेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) को पछिल्लो आँकडाअनुसार यो वर्ष डेंगीको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ। नोभेम्बर ७ सम्म २ लाख ८३ हजार ५ सय ९३ संक्रमित भएका छन् भने १ हजार ४ सय २५ को मृत्यु भएको छ।

महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेंगीबाट मृत्यु भएको जनाएको छ।

गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेंगी संक्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना संक्रमित भएका छन्।

बंगलादेशमा सेप्टेम्बरमा डेंगीका केसमा उच्च वृद्धि भएको थियो। उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ संक्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो। व्यापकरूपमा डेंगी फैलिएपछि चीनले मंगलबार बंगलादेशलाई डेंगीविरोधी आपत्कालीन आपूर्ति सहयोग प्रदान गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: २२ कार्तिक २०८० २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast