टीभीएसको एक्सचेन्ज मेला सुरु

हिमाल प्रेस २१ कार्तिक २०८० १२:४८
टीभीएसको एक्सचेन्ज मेला सुरु

काठमाडौँ- नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले भृकुटीमण्डपमा एक्सचेन्ज मेला आयोजना गरेको छ।

‘महा एक्सचेन्ज महोत्सव उमंगै उमंगको महोत्सव’ नाम दिइएको मेला काठमाडौँको भृकुटीमण्डपमा आज (मंगलबार) ७ देखि सुरु भएको हो। मेला कात्तिक २५ गतेसम्म आयोजना हुनेछ।

महोत्सवमै कम्पनीले अपाचे आरटीआर १६० फोरभी एफआईसई पनि सार्वजनिक गर्नेछ।

मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा विभिन्न सुविधा तथा अफर पाइने छ। पुराना बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज भ्यालु एडिसन, नकिन्दा १ लाख र किन्दा ५ लाखसम्मको क्यास डिस्काउन्ट साथै बम्पर उपहारमा १० लाख नगद जित्ने अवसरसमेत प्राप्त गर्नेछन्।

त्यसका साथै २५ प्रतिशतसम्मको डाउन पेमेन्ट, हेल्मेट, बाइक कभर र ब्यागलगायत फ्रि एसिसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। शून्य प्रतिशत ब्याजदरमा नयाँ बाइक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ।

प्रकाशित: २१ कार्तिक २०८० १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =