आइसर प्रफमर्स च्याम्पियनको उपाधि नेपाललाई

हिमाल प्रेस २१ कार्तिक २०८० १२:४०
आइसर प्रफमर्स च्याम्पियनको उपाधि नेपाललाई

काठमाडौँ– व्यावसायिक अटोमोबाइल्स उद्योगको अग्रणी नाम आइसरले हरेक वर्ष मनाउने ‘प्रफमर्स अफ द इयर’ सम्पन्न भएको छ। जसमा नेपालसहित ३० देशले आफ्नो सहभागिता जनाएका थिए।

व्यावसायिक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइसरले यो कार्यक्रम आफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो। सुरुवातदेखि नै यसले व्यक्तिगत क्षमताको मूल्यांकन गर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मूल्यांकन गर्दै आएको छ।

यस प्रतियोगितामा विभिन्न चरणमध्ये अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश गरिएका थिए। यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो।

यस प्रतिष्ठित प्रतियोगितामा विभिन्न देशका २०० सहभागीहरूले आफ्नो कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए। यो उपाधि हासिल गर्न बतास एमएडब्लूका कर्मचारी प्रडक्ट हेड ठाकुरकुमार गाहा र अफिसर अशोक थापाको अतुलनीय योगदान रहेको थियो।

गाहाले फर्स्ट  रनर अप र थापाले स्टार प्रफमर् प्रतियोगिताभर आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उत्कृष्टता र विशेषज्ञताको उदाहरण दिए।

४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरूले रुचाएको ब्रान्ड आइसर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री गर्दै आइरहेको छ। विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको आइसरले भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ। हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखा, ४ डिलर र १६ टच पोइन्टसका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।

बिक्रि पछि आफ्नो ग्राहकलाई लक्षित गर्दै सर्भिसमा आएको हरेक गाडी सोही दिन डेलिभरी दिने व्यवस्था गराउँदै आइरहेको छ। साथै आइसरले आफ्नो ग्राहकलाई लक्षित गर्दै असोज पछि खरिद गरेको प्रत्येक गाडीको चालकलाई २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित: २१ कार्तिक २०८० १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =