भाइटिका ‘थिम’मा एनसेलको लघु चलचित्र प्रतियोगिता

हिमाल प्रेस २१ कार्तिक २०८० १२:३०
भाइटिका ‘थिम’मा एनसेलको लघु चलचित्र प्रतियोगिता

काठमाडाैँ- एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजुबहिनी, दिदीभाइको विशेष सम्बन्ध चित्रण गर्न भाइटिकाको ‘थिम’मा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले दिदीभाइको सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियोमा समावेश गर्नुपर्नेछ। भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्व समावेश गरि ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ।

प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेले ७५ हजार नगद र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गर्ने एनसेलले जनाएको छ।

प्राप्त सबै भिडियोमध्ये छानिएका भिडियो कात्तिक २९ भाइटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरूमार्फत सार्वजनिक गरिने छ। निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता सहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोको समिक्षा र मूल्यांकन गर्नेछ। प्रतियोगिताका विजेता पनि भाइटिकाकै दिन घोषणा गरिने छ।

‘हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतिमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ। अझै राम्रो पाटो भनेको हामी सधैँ अरूको रचनात्मक प्रयासबाट धेरै प्रेरणा लिइरहेका हुन्छौँ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

प्रकाशित: २१ कार्तिक २०८० १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =